
पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–६ स्थित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै क्षेत्रका विद्यमान समस्या, आवश्यकता र अपेक्षाहरूबारे जानकारी लिएका थिए। स्थानीयसँगको संवादमा उनले रास्वपा नेतृत्वमा आएपछि स्वास्थ्य सेवाको सुधार, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने तथा युवाहरूका लागि स्थायी र दिगो रोजगारीको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गरे।
उम्मेदवार कानुले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सार्दै जनताको आवश्यकता र चाहनाअनुसार नीतिगत तथा व्यवहारिक रूपमा काम गर्ने प्रतिबद्धता जनाए। “स्वास्थ्य र शिक्षा बलियो भए मात्रै समाज र राष्ट्र समृद्ध बन्छ,” उनले भने, “स्थानीय तहमा प्रभावकारी सेवा पुर्याउन र युवालाई रोजगारीमा जोड्न विशेष कार्यक्रमहरू ल्याइनेछन्।”
कानुले कृषकहरूको समस्या समाधानका लागि समयमै मल, सिँचाइ तथा उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्था मिलाइने उल्लेख गरे। साथै युवालाई सीपमूलक तालिम, स्वरोजगार र उद्यमशीलतामा जोड्ने योजनालाई प्राथमिकतामा राखिने उनको भनाइ थियो।
घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले मुलुकमा नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेही नेतृत्व आवश्यक भएको बताउँदै परिवर्तनमुखी एजेन्डा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति भरोसा बढ्दै गएको प्रतिक्रिया दिएका थिए। स्थानीय मतदाताहरूले यसपटक एकजुट भएर रास्वपालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार कानुले समावेशी विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेर अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई हरहालतमा विजयी बनाउन स्थानीय मतदाताहरूलाई आग्रह गरे। उनले जनताबाट प्राप्त सुझाव र अपेक्षालाई आफ्नो चुनावी घोषणापत्र तथा भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत को पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअरावामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौँ कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता बताईन्। उनले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र आधुनिक कृषि प्रणालीमार्फत स्थानीय जनताको जीवनस्तर उकास्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले सम्बोधन गर्दै संगठन सुदृढीकरण र विकास निर्माणमा एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार जसपा नेपाल र नेपाली कांग्रेस लगायत विभिन्न दलबाट ठूलो संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।
नेकपा एमालेको घरदैलो तथा जनतादर्शन कार्यक्रम सम्पन्न;शिक्षा,स्वास्थ,बिकास पहिलो प्राथमिकता;रिमा यादव

नेकपा एमाले पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा यादवले घरदैलो तथा भेटघाट अभियानलाई तीव्रता दिएका हुन्।नेकपा एमालेका उम्मेदवार यादवले वीरगन्ज महानगरपालिका वडा नं. १७अन्तर्गत पर्ने अलौमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेकी छिन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आज नेकपा एमालेकी उम्मेदवार रिना यादवको घरदैलो कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकास र महिलाको अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्। यी विषयहरू आफ्ना चुनावी प्रतिबद्धतामा समावेश रहेको उल्लेख गर्दै निर्वाचित भएपछी कार्यान्वयनमा विशेष जोड दिने प्रतिबद्धता जनाएका हुन्।घर–घरमा पुगेर मतदातासँग भेटघाट गर्ने क्रममा ज्येष्ठ नागरिकहरूको आशीर्वाद, दाजुभाइ–दिदीबहिनीको साथ, युवापुस्ताको उत्साह र वृद्धवृद्धाको विश्वासले परिवर्तनको अपेक्षा झनै प्रस्ट देखिएको यादवले बताईन।कार्यक्रमका क्रममा उम्मेदवार यादवले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, सम्मानजनक जीवन र अवसरको समान पहुँच र शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।कार्यक्रमलाई स्थानीयले चुनावी प्रतिस्पर्धाभन्दा पनि अधिकार, सम्मान र उज्यालो भविष्यका लागि उठेको साझा आवाजका रूपमा लिएको बताएका छिन् । जनसमर्थन र शुभेच्छाले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास समर्थकहरूले व्यक्त गरेका छन् ।
अलौमा नेकपा एमालेकी उम्मेदवार रिना यादवको घरदैलो कार्यक्रममा करिव ५ सयको सँख्यामा मतदाहरुको ठुलो मात्रामा सहभागिता रहेको थियो। कार्यक्रममा सोही वडाबाट निर्वाचित वडाध्यक्ष सन्जु छ्त्कुली वडा सदस्य शेष नेसार अहमद अमोद यादव लगायतका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको पनि ठुलो उपस्थिती रहेको थियो।
पर्सा, २०८२ फागुन २
पर्सा जिल्लामा Gen–Z अभियानलाई थप सशक्त बनाउने उद्देश्यसहित जगरनाथपुर गाउँपालिकामा २१ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ। पर्सा Gen–Z को पहलमा सम्पन्न बैठकले स्थानीय तहमा संगठन विस्तार गर्ने निर्णय गर्दै अमर किशोर ठाकुर लोहारको अध्यक्षतामा समिति घोषणा गरेको हो।
बैठकले युवाहरूको सक्रिय सहभागितामार्फत संगठनलाई सुदृढ बनाउने, स्थानीय स्तरमा सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र Gen–Z अभियानलाई गाउँपालिकाभर विस्तार गर्ने निष्कर्ष निकालेको जनाएको छ। नवगठित समितिमा विभिन्न क्षेत्रका युवाहरूलाई समेट्दै संगठनलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।
नवगठित २१ सदस्यीय समितिमा हरिओम, मिथुन प्रसाद पटेललगायत अन्य युवाहरू सदस्यका रूपमा रहेका छन्। समितिले आगामी दिनमा युवामुखी कार्यक्रम, सचेतनामूलक अभियान तथा सामाजिक गतिविधि सञ्चालन गर्ने योजना बनाएको जानकारी दिइएको छ।
बैठकमा पर्सा Gen–Z सल्लाहकार अधिवक्ता अनिल शाह, Gen–Z कालिकामाई संयोजक राजनीश कुशवाहा, सुशील पटेल, मधुरञ्जन शाहलगायत युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले युवाहरूलाई संगठित गर्दै नेतृत्व विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
Gen–Z अभियानलाई जगरनाथपुर क्षेत्रमा विस्तार गर्दै युवाशक्तिलाई संगठित र सक्रिय बनाउने उद्देश्यसहित समिति गठन गरिएको आयोजकले बताएका छन्।


गत सोमबार भन्सार छलीका सामान बरामद गर्न मदन गुप्ताको गोदाममा पुगेको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीय व्यापारीहरूको एक समूहले आक्रमण गरेको थियो। छापा मार्ने क्रममा सुरु भएको विवाद झडपमा परिणत हुँदा ३ जना सशस्त्र प्रहरी घाइते भएका थिए। घाइते प्रहरीको स्थानीय अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।
आक्रमणका क्रममा प्रहरीका दुईवटा सवारीसाधनमा समेत तोडफोड गरी क्षति पुर्याइएको थियो। स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गर्नुपरेको बताइएको छ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरूमा वीरगञ्ज–१० का प्रमोदकुमार कानु र कुञ्जन सर्राफ, वीरगञ्ज–१ का दिपराज सहनी मलाह, विन्दवासिनी–५ का श्रीचन्द्रप्रसाद साह तथा भारतीय नागरिक प्रभु महतो र पृतमकुमार चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूविरुद्ध ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रोसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।
सुरक्षा टोलीले गोदामबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका भन्सार छलीका विभिन्न अवैध सामान बरामद गरेको छ। बरामद सामानको विस्तृत विवरण संकलन गर्ने तथा घटनामा अन्यको संलग्नता रहेको/नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले भन्सार छली नियन्त्रण तथा सुरक्षाकर्मीमाथि हुने आक्रमणका विषयमा पुनः गम्भीर प्रश्न उठाएको छ। प्रहरीले कानुन हातमा लिने जोसुकैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३