काठमाडौं, फागुन २ – उपेन्द्र यादवले आगामी निर्वाचनमा आफ्नो दलप्रति जनताको आकर्षण उल्लेखनीय रूपमा बढेको दाबी गरेका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का अध्यक्षसमेत रहेका यादवले विगतको निर्वाचनको तुलनामा यसपटक पार्टीको पक्षमा अनुकूल वातावरण बनेको बताएका हुन्।
शनिबार काठमाडौंमा राष्ट्रिय प्रेस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी एकीकरणपछि संगठनात्मक संरचना थप सुदृढ भएको र त्यसको सकारात्मक प्रभाव जनसमर्थनमा देखिएको बताए। “सैद्धान्तिक रूपमा, वैचारिक रूपमा र राष्ट्रिय तथा स्थानीय मुद्दामा हामी स्पष्ट छौं। ती मुद्दा लिएर नै हामी जनताबीच गएका छौं,” उनले भने, “विगतको तुलनामा अहिले जनताको आकर्षण हामीतिर बढेको छ।”
यादवले राजनीतिमा मुद्दा, विचार र सिद्धान्त नै मुख्य आधार हुने उल्लेख गर्दै जसपा नेपालले पहिचान, संघीयता, समावेशिता र सामाजिक न्यायका एजेन्डालाई प्राथमिकतामा राखेको बताए। उनले जनताको दैनिक जीवनसँग जोडिएका राष्ट्रिय तथा स्थानीय मुद्दालाई उठाउँदै समाधानमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले लोकतन्त्रलाई परिवर्तनको आधारस्तम्भका रूपमा व्याख्या गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने प्रक्रियामा सबै राजनीतिक दल र नागरिक समाजले सहयोग गर्नुपर्ने धारणा राखे। “देश परिवर्तनका लागि पुस्तान्तरण आवश्यक छ। सक्षम र प्रतिबद्ध युवालाई अवसर दिनुपर्छ,” उनले जोड दिए।
जसपा नेपालले संगठन विस्तार, जनपरिचालन र चुनावी तयारीलाई तीव्र बनाएको उल्लेख गर्दै यादवले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।
काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की ले आगामी निर्वाचनका क्रममा उम्मेदवार तथा राजनीतिक दलका कार्यकर्ताबाट प्रहरीलाई फसाउने प्रयास हुन सक्ने भन्दै मातहत कार्यालयहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्।
शुक्रबार बिहान देशभरका प्रहरी कार्यालय प्रमुखहरूसँग गरिएको भर्चुअल निर्देशनमा उनले निर्वाचन सुरक्षामा निर्भीक भएर खटिन र सबै गतिविधिको प्रमाण सुरक्षित राख्दै काम गर्न आदेश दिएका हुन्।
आइजिपी कार्कीले चुनावी प्रचारप्रसारका लागि कुनै पनि सुरक्षाकर्मी परिचालन नगर्न स्पष्ट निर्देशन दिएका छन्। यस्तो कार्यमा संलग्न पाइए कारबाही हुने चेतावनी समेत उनले दिएका छन्।
त्यसैगरी उम्मेदवारको नजिक हुन खोज्ने, संगठनको गोप्य सूचना चुहाउने वा निर्वाचन प्रक्रियामा अनियमितता गर्न खोज्ने प्रहरी कर्मचारीको विवरण छुट्टै अभिलेख राख्न पनि निर्देशन दिइएको छ।
प्रमाण सुरक्षित राख्न विशेष जोड दिँदै उनले अभिलेख, भ्वाइस रेकर्ड, म्यासेज तथा च्याट सुरक्षित राख्न र दैनिक विवरण अद्यावधिक गर्न मातहत निकायलाई निर्देशन दिएका छन्। आवश्यकताअनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन गर्न सकिने जनाइएको छ।
भर्चुअल बैठकमा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, विशेष सुरक्षा गण, जिल्ला प्रहरी परिसर तथा मातहत कार्यालयका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखिनेछ।
काठमाडौं ।
पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन् । पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान गरेका छन् ।
स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आशङ्कामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवास सम्म २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।
विमानस्थलभित्र निषेधाज्ञा लागु गरिएको हुनाले प्रवेशमा कडाइ गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘गोल्डेनगेट भित्र प्रवेश गर्न रोक लगाइएको छ, बाहिर सडकमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
विमानस्थल क्षेत्रमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ ।
वीरगंज । पर्सा क्षेत्र नम्बर १ मा यसपटकको चुनाव जनताका लागि नयाँ प्रयोग होइन, काम र व्यवहारको मूल्यांकन बनेको छ।
नेकपा एमालेका उम्मेदवार प्रदीप यादव दुई पटक सांसद भइसकेका अनुभवी नेता हुन् र तेस्रो पटक जनताको विश्वास लिएर चुनावी मैदानमा उत्रिएका छन्।
लामो समयदेखि क्षेत्रमै बसेर जनताको दुःख–सुखमा साथ दिएको, विकासका काममा निरन्तर लागिरहेको र संकटमा जनतासँगै उभिएको छविले यादवलाई फेरि पनि जनप्रिय बनाएको देखिन्छ।
स्थानीयस्तरमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा उनले देखाएको सक्रियता जनताले प्रत्यक्ष अनुभव गरेका छन्।
सांसद हुँदा मात्र होइन, सांसद नभएको समयमा पनि क्षेत्रसँग सम्बन्ध नछोड्नु नै उनको मुख्य शक्ति बनेको छ।
यही कारण पर्सा–१ का मतदाताले “काम गर्ने नेता” का रूपमा प्रदीप यादवलाई फेरि माया गर्ने संकेत दिइरहेका छन्।
विपरीत पक्षमा रहेका नेपाली काँग्रेस पार्टीका उम्मेदवार अनिल रुंगटाप्रति भने कडा असन्तुष्टि देखिन्छ।
२०७४ सालको चुनावमा पराजित भएपछि उनी लामो समयसम्म क्षेत्रबाट गायब रहेको आरोप स्थानीय जनताले लगाउँदै आएका छन्।
विकास, समस्या र जनताका आवाजसँग टाढा बसेका रुंगटा चुनाव नजिकिँदै जाँदा मात्रै फेरि देखापर्नु जनताका लागि नौलो होइन, तर स्वीकार्य पनि छैन।
स्थानीय युवाहरू खुलेर भन्छन्—“चुनावमा मात्र अवतार लिने नेता अब चाहिँदैन।” जनताको धारणा अनुसार राजनीति स्थायी जिम्मेवारी हो, पाँच वर्षमा एकपटक देखिने कार्यक्रम होइन।
यही कारण अनिल रुंगटाको अहिलेको सक्रियतालाई धेरैले अवसरवादी र स्वार्थकेन्द्रित कदमका रूपमा लिएका छन्।
पर्सा–१ को चुनावी माहोल हेर्दा स्पष्ट देखिन्छ—जनता भाषण होइन, परिणाम खोजिरहेका छन्। पुराना असफल अभ्यास दोहोर्याउनेभन्दा काम गरेर देखाउने नेतृत्वतर्फ जनमत झुकेको छ।
दुई पटकको कार्यकालमा बनाएको विश्वास र जनमुखी कामकै कारण प्रदीप यादव तेस्रो पटक पनि बलियो दाबेदार बनेका छन्।अन्ततः चुनावको फैसला जनताकै हातमा हुन्छ।
तर पर्सा–१ मा देखिएको जनभावना स्पष्ट छ—संकटमा साथ दिने नेता रोज्ने कि चुनावमा मात्र देखिने अनुहारलाई फेरि मौका दिने ।
बंगलादेश, १ फागुन- बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले निर्णायक बहुमत हासिल गर्दै २९९ सिटमध्ये १६५ सिट जितेको छ। यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा र बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएका छन्। उनले दुई निर्वाचन क्षेत्रमा लडेका थिए र दुवै सिट जितेका छन्।
तारिक रहमान हालै मात्र बेलायतमा १७ वर्षको निर्वासीत जीवन बिताएपछि स्वदेश फर्किएका थिए। जमात‑ए‑इस्लामीको नेतृत्वमा रहेको ११ (दलीय गठबन्धनले ४५ सिट) मात्र जितेको छ भने अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले जम्मा तीन सिटमा सफलता पाएका छन्।
सन् १९९१ देखि २०२४ सम्म सत्ता सञ्चालन गर्दै आएका तत्कालीन प्रधानमन्त्री शेख हसिना को भारत पलायन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक संसदीय चुनाव सम्पन्न भएको हो, जसले देशलाई ३५ वर्षपछि नयाँ प्रधानमन्त्री दिलाउने बाटो खोल्दैछ।
- एमालेबाट पर्सा ३ मा उम्मेदवार बनेका रुपेश कुमार पाण्डे कर्जा सुचना केन्द्रको ‘कालोसूची’मा !
- विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टीलाई ठूलो धक्का, ३०० मध्ये ६ सिट मात्र
- प्राबिधिक त्रुटि भएकोले क्षमाप्रार्थी छु।
- रवि लामिछानेको भनाइ: अदालतबाट न्याय पाउनेमा विश्वास, कानुनी प्रक्रियालाई सम्मान गर्ने प्रतिबद्धता
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३