KATHMANDU WEATHER
Horizontal Scroll Menu

नेकपा एमालेको बृहत पार्टी प्रबेश तथा घरदैलो कार्यक्रम सम्पन्न;शिक्षा,स्वास्थ,बिकास पहिलो प्राथमिकता;रिमा यादव

वीरगञ्ज। पर्साको क्षेत्र नम्बर २ मा नेकपा एमालेमा प्रवेश गर्नेहरूको लहर चलेको छ । पछिल्लो समय विभिन्न दल परित्याग गर्दै एमालेमा आउनेहरूको संख्या बढ्दै गएको हो । यही क्रममा आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ कुहडीमा आयोजित वडास्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा एक सयभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय नेता प्रमोद साह तेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलका नेता–कार्यकर्ताले एमाले रोजेका हुन् । नवप्रवेशीहरूलाई क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादव, पार्टीका केन्द्रिय सदस्य एवम् पर्सा क्षेत्र नम्बर २ का इन्चार्ज विजय कुमार सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव लगायतका नेताले फुलमाला र दोसल्ला ओढाएर स्वागत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रिमा कुमारी यादवले क्षेत्रको समग्र विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताइन् । उनले प्राविधिक शिक्षालाई जोड दिँदै महिलालाई घरेलु तथा व्यवसायिक तालिममार्फत आत्मनिर्भर बनाउने योजना रहेको जानकारी गराइन् । सिलाइ–कटाइ, हाते कढाइ, मस्यौरा बनाउने जस्ता तालिम सञ्चालन गरी महिलालाई आयआर्जनसँग जोड्ने उनको योजना छ ।

स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्ने उनले बताइन् । प्रत्येक स्वास्थ्य चौकीमा कम्तीमा एक एमबिबिएस डाक्टरको व्यवस्था र सुलभ रूपमा औषधि उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाइ छ ।

महिला सशक्तीकरणको विषयमा बोल्दै यादवले भनिन्, “महिला अब घरको सीमामा मात्र सीमित रहने समय छैन । हरेक क्षेत्रमा सहभागिता र नेतृत्व आवश्यक छ । अवसर पाए महिलाले परिणाम देखाउँछन् । अब महिलालाई जिताएर उदाहरण बनाउने समय आएको छ ।”

विशेष अतिथि बिचारी यादवले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन सबै नेता–कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरे । विजय कुमार सरावगीले पर्सा २ मा नयाँ इतिहास रच्ने अवसर आएको बताउँदै शिक्षित युवा उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरे ।

कार्यक्रममा संखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादव, वीरगञ्ज–१७ का वडा अध्यक्ष सन्जु छतकुली, युवा नेता मुकेश द्विवेदी, विजय कुर्मी लगायतले पनि धारणा राखेका थिए ।

यसैबीच, रास्वपाका वडा नम्बर २७ का वरिष्ठ नेता तथा पूर्व वडा अध्यक्ष बुनी प्रसाद यादवसहित दर्जनौँ नेता एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा क्षेत्र नम्बर २ का अध्यक्ष मनोज कुशवाहाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण सन्तोष पासवानले गरेका थिए । कार्यक्रममा वीरगञ्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली, पूर्व वडा अध्यक्ष प्रदीप यादव, अजय साह तेली, रमिला खातुन, प्रदुमन यादव, पिन्टु उपाध्याय, बिक्की सिंह लगायतको उपस्थिति थियो ।

" रावस्पाका बरिस्ठ नेता एमालेमा प्रबेस"शिक्षा,स्वास्थ,बिकास र महिलाको अधिकारको लागि जिताउन समय आयो यादवको भनाई

वीरगंजमा बालेन्द्र शाहको स्वागतमा हजारौंको भीड, नगर क्षेत्रमा उत्साहजनक माहोल

वीरगंजमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को स्वागतका लागि हजारौंको संख्यामा सर्वसाधारण भेला भएका छन्। उहाँ वीरगंज आइपुग्दा विभिन्न स्थानमा स्थानीय बासिन्दा, युवायुवती तथा समर्थकहरूले स्वागत गरेका दृश्यहरू देखिएको छ।

सहरका मुख्य सडक तथा कार्यक्रमस्थल वरपर ठूलो भीड देखिएपछि केही समय यातायात व्यवस्थापनमा समेत चुनौती देखिएको थियो। स्वागतका क्रममा समर्थकहरूले नारा लगाउँदै बालेनको पक्षमा समर्थन व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी स्थानीयहरूले बालेन्द्र शाहले काठमाडौं महानगरपालिकामा गरेका काम तथा सुशासनको पहलबाट प्रभावित भएको बताउँदै वीरगंजसहित अन्य सहरमा पनि यस्तै सुधारको अपेक्षा रहेको प्रतिक्रिया दिएका छन्।

यद्यपि, कार्यक्रमको औपचारिक उद्देश्य र विस्तृत कार्यतालिकाबारे आयोजकहरूले संक्षिप्त जानकारी मात्र दिएका छन्। सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासन तथा प्रहरी परिचालन गरिएको थियो, जसका कारण कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।

बालेन्द्र शाह पछिल्लो समय देशका विभिन्न स्थानमा हुने सार्वजनिक कार्यक्रम तथा अन्तरक्रियामा सहभागी हुँदै आएका छन्। वीरगंजमा देखिएको ठूलो जनसहभागिताले उहाँप्रतिको जनचासो र लोकप्रियता बढ्दो रहेको संकेत गरेको स्थानीयहरूको भनाइ छ।

उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक फिलिपिन्सबाट नेपाल ल्याइए

काठमाडौं । उच्च पदस्थ सरकारी अधिकारीहरूलाई ज्यान मार्ने धम्की दिएको आरोपमा फरार रहेका प्रकाश पाठकलाई नेपाल प्रहरीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार पाठकलाई बुधबार फिलिपिन्सबाट पक्राउ गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल ल्याइएको हो। पाठकलाई नेपाल ल्याउनका लागि नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स गएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को संयुक्त समन्वयमा उनलाई पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालका प्रमुख प्रेम राईसहित करिब १० जना उच्च पदस्थ व्यक्तिहरूलाई अल्टिमेटम दिँदै ज्यान मार्ने धम्की दिएका थिए। उनले विभिन्न माध्यम प्रयोग गरी ती व्यक्तिहरूलाई डर त्रास देखाउने प्रयास गरेका थिए।

अनुसन्धानका क्रममा पाठकले भदौ २४ गते कारागारबाट फरार भएका कैदीलाई सुपारी दिएर उच्च पदस्थ व्यक्तिको हत्या गराउने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। यस घटनापछि उनी फरार रहेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका पाठकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

यस घटनालाई सुरक्षा निकायले गम्भीर रूपमा लिएको बताउँदै यस्ता आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३