काठमाडौं, जेठ २ गते- सर्वोच्च अदालत ले नेपाल–भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने १०० रुपैयाँभन्दा माथिका दैनिक उपभोग्य वस्तुमा सरकारले लगाएको भन्सार शुल्क तत्कालका लागि नगर्न अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगाना को संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय लगायत सम्बन्धित निकायलाई दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन अन्तरिम आदेश दिएको हो।
यसअघि अर्थ मन्त्रालय ले १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा अनिवार्य भन्सार कर लगाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि तराई–मधेश क्षेत्रका विभिन्न सीमा नाकामा कडाइ सुरु गरिएको थियो, जसको स्थानीयवासीले खुलेर विरोध गर्दै आएका थिए।
अर्थ मन्त्रालयको उक्त निर्णयविरुद्ध अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाह ले वैशाख १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिट निवेदनमा नेपाल–भारत सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामान ल्याउँदा भन्सार शुल्क लगाउने व्यवस्था कानुनविपरीत रहेको जिकिर गरिएको थियो। साथै, उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशको मागसमेत गरिएको थियो।
अधिवक्ता आकाश महतोका अनुसार भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा २ ले निश्चित अवस्थामा भन्सार छुटको व्यवस्था गरेको छ। तर, २०८२ जेठ १५ गते राजपत्रमा प्रकाशित सूचनामार्फत १०० रुपैयाँभन्दा माथिका वस्तुमा कर लगाइएको व्यवस्था ऐनसँग बाझिएको भन्दै अदालतमा चुनौती दिइएको थियो।
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै अब उक्त रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म सरकारले दैनिक उपभोग्य वस्तुमा भन्सार महसुल उठाउन नपाउने भएको छ।
काठमाडौं– आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा ५२.५७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.४३ प्रतिशत रहेको छ।
प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को ४२.६७ प्रतिशत रहेकोमा चालु वर्ष बढेर ४३.७९ प्रतिशत पुगेको उल्लेख गरिएको छ। यसले मुलुकको ऋण दायित्व निरन्तर बढिरहेको संकेत गरेको महालेखाले जनाएको छ।
प्रतिवेदनअनुसार विनिमय दरमा आएको उतारचढावका कारण मात्रै आर्थिक वर्ष २०८१/०८२ मा ६५ अर्ब ५४ करोड रुपैयाँ बराबरको अतिरिक्त दायित्व सिर्जना भएको छ। नेपाली मुद्रा कमजोर हुँदा विदेशी मुद्रामा लिइएको ऋणको भार स्वतः बढेको उल्लेख गरिएको छ।
महालेखाले आर्थिक वर्षको अन्त्यसम्म विनिमय दरकै प्रभावले ६५ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ थप भार परेको औंल्याएको छ। यसले नेपालको ऋण संरचना बाह्य मौद्रिक प्रभावप्रति संवेदनशील रहेको देखाएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले विदेशी मुद्रामा हुने विनिमय जोखिम व्यवस्थापन गर्न सकिने वित्तीय उपकरण प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै सार्वजनिक ऋणलाई उत्पादनशील तथा प्रतिफलमुखी क्षेत्रमा परिचालन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
फुङ्लिङ । ताप्लेजुङको पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको छ । वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
चैत र वैशाखमा पाथीभरामा धेरै भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार रुपैयाँ भेटी संकलन भएको थियो ।
१ जेठ,वीरगञ्ज । डिभिजन वन कार्यालय बाराले शुक्रबार बिहान त्रिभुवन राजमार्गअन्तर्गत ३ नम्बर पुल नजिकको बस्तीमा डोजर चलाएर संरचना हटाएको छ। पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा वन तथा सडक क्षेत्रभित्र रहेका घरटहरा हटाइएको हो।
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले वन क्षेत्र र निकुञ्जको सीमाभित्र बस्ती तथा व्यवसाय सञ्चालन भइरहेको भन्दै हटाउन बाध्य भएको बताए। उनका अनुसार यसअघि पटक–पटक माइकिङ तथा लिखित सूचना जारी गरिएको थियो।
दुई साताअघि सडक विभागले त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटर क्षेत्र खाली गर्न सूचना जारी गरेपछि स्थानीय व्यवसायीहरूले सडक सीमाभित्रका संरचना आफैं हटाएका थिए। तर शुक्रबार थप डोजर चलाइएपछि व्यवसायी तथा स्थानीयले राज्यले दमनात्मक शैली अपनाएको आरोप लगाएका छन्।
स्थानीय अगुवा अनिल पाख्रिनले २०४५ सालदेखि व्यवसाय गर्दै आएका स्थानीयलाई पर्याप्त समय नदिई हटाइनु अन्यायपूर्ण भएको बताए। उनले सडक क्षेत्रभित्रका घरटहरा हटाइसकेपछि पनि बाँकी संरचनामा डोजर चलाइएको गुनासो गरे।
हेटौंडा–पथलैया सडकखण्डको ३ नम्बर पुल क्षेत्र यात्रुहरूको विश्रामस्थलका रूपमा परिचित थियो। उक्त क्षेत्रमा ७० भन्दा बढी होटल तथा साना व्यवसाय सञ्चालनमा रहेका थिए। बजार हटाइएपछि स्थानीयको जीविकोपार्जन संकटमा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
स्थानीय व्यवसायी मिनाकुमारी रुम्बाले पसलको आम्दानीबाट ऋण लिएर हालै मात्रै नयाँ घर निर्माण गरेको बताइन्। “सडक क्षेत्रभन्दा बाहिर बसेपछि सुरक्षित हुन्छ भन्ने सोचेकी थिएँ, तर अहिले सबै गुमाएँ,” उनले भनिन्।
उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्माले व्यवसायीलाई स्थानान्तरणका लागि पर्याप्त समय नदिई डोजर चलाइनु अमानवीय भएको टिप्पणी गरे। उनले यसलाई स्थानीयको मानवअधिकारमाथिको दमनसमेत भएको बताए।
यता वन कार्यालयले भने पटक–पटकको सूचना बेवास्ता गरेपछि कानुनी प्रक्रिया अनुसार संरचना हटाइएको स्पष्ट
पारेको छ।

- हरि खेतान क्याम्पसमा अवस्था तनाव पूर्ण : क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो र दुर्व्यवहार
- बैंकको ब्याजदरमा निरन्तर गिरावटः मूल्यवृद्धिभन्दा मुद्दतीको कमाइ कम, बचतकर्ता मारमा
- बरियारपट्टीबाट हराएका बालक मृत फेला, शवको अवस्था देखेर प्रहरी पनि स्तब्ध
- ड्राइपोर्ट सशस्त्रको दोहरो नीति आफ्नो महीना बुझी लाइन दिने , सिर्सिया आम बगैंचा बाट व्यापक तस्करी
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३