वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो दल्ने प्रयास तथा दुर्व्यवहार भएको घटनाले शैक्षिक क्षेत्र तरंगित बनेको छ। असन्तुष्ट शिक्षक समूहले विरोध प्रदर्शनका क्रममा क्याम्पस प्रमुखमाथि हातपातसमेत गरेको क्याम्पस प्रशासनले जनाएको छ।
क्याम्पस प्रशासनका अनुसार करार सेवामा कार्यरत चार जना शिक्षकको सेवा अन्त्य गर्ने निर्णयपछि विवाद उत्पन्न भएको हो। क्याम्पसले २०८३ साल वैशाख २१ गतेदेखि लागू हुने गरी लालकिशोर प्रसाद पटेल, रबिन्द्र कुमार यादव, पूजा गुप्ता तथा दिलिप कुमार पण्डितको सेवा समाप्त गरिएको जनाएको छ।
सेवा अन्त्यको निर्णयप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित पक्षले क्याम्पस परिसरमा ताला लगाएको बताइएको छ। क्याम्पस प्रमुख किशोरी रायले पटक–पटक वार्ता तथा ताला खोल्न आग्रह गरे पनि स्थिति सामान्य हुन नसकेको प्रशासनको भनाइ छ।विवाद चर्किंदै जाँदा केही व्यक्तिले क्याम्पस प्रमुख रायमाथि कालोमोसो दल्ने प्रयास गर्नुका साथै दुर्व्यवहार र हातपात गरेको क्याम्पस सञ्चालक समितिले जनाएको छ। घटनापछि केही समय क्याम्पस क्षेत्र तनावग्रस्त बनेको थियो भने सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको बताइएको छ।
घटनाप्रति क्याम्पस प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शैक्षिक संस्थाभित्र असहमति राख्ने लोकतान्त्रिक विधि हुँदाहुँदै हिंसात्मक तथा अपमानजनक गतिविधि हुनु दुःखद भएको प्रशासनको भनाइ छ। यस्ता घटनाले विद्यार्थीमा नकारात्मक सन्देश जाने तथा शैक्षिक वातावरण नै प्रभावित हुने सरोकारवालाहरूले बताएका छन्।
क्याम्पस प्रशासनले घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। घटनाबारे थप अनुसन्धान तथा छलफल भइरहेको जनाइएको छ।
३१ बैशाख, काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीमा पुनः गिरावट आएको छ ।
वित्तीय प्रणालीमा अधिक लगानीयोग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग न्यून रहेका कारण बैंकहरूले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका हुन् । यसपटकको गिरावटसँगै बैंकको मुद्दती निक्षेपमा पाइने ब्याजले बजारको महँगी (मूल्यवृद्धि) लाई समेत धान्न नसक्ने अवस्था सिर्जना भएको छ ।
वाणिज्य बैंकहरूले जेठका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ० दशमलव ०५९५ प्रतिशत बिन्दुले घटाएर ४ दशमलव ३४३ प्रतिशतमा झारेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चैत महिनाको उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४७ प्रतिशत रहेको छ । यसको अर्थ, बैंकमा मुद्दती निक्षेप राख्ने बचतकर्ताले पाउने प्रतिफलभन्दा बजारमा महँगीको दर उच्च छ, जसले गर्दा सर्वसाधारणको बचतको वास्तविक मूल्य घट्दै गएको देखिन्छ ।
जेठ महिनाका लागि ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले वैशाखकै दरलाई स्थिर राखेका छन् । ब्याजदर घटाउने बैंकहरूमा सिटिजन्स, हिमालयन, कुमारी, नेपाल बैंक, एनआईसी एसिया, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन् । हाल एनएमबी बैंकले ५ वर्षभन्दा माथिको अवधिका लागि तोकेको ४ दशमलव ८० प्रतिशत ब्याजदर नै बजारको सबैभन्दा उच्च दर बनेको छ। धेरैजसो बैंकको ब्याजदर अहिले ४ देखि साढे ४ प्रतिशतको बीचमा खुम्चिएको छ ।
बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा लगायतका उपकरणमार्फत अर्बौँ रुपैयाँ खिचेर तरलता व्यवस्थापन गरिरहेको छ । निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दर (बेस रेट) कम हुन गई ऋण लिनेहरूका लागि ब्याज सस्तो हुने भए तापनि आफ्नो मिहिनेतको कमाइ बैंकमा राखेर ब्याजबाट घरखर्च चलाउने न्यून आय भएका बचतकर्ताहरू भने प्रत्यक्ष मारमा परेका छन् ।
सिरहा । सिरहाको बरियारपट्टी क्षेत्रमा हराएका ३ वर्षीय बालक अभियान्स यादव मृत अवस्थामा फेला परेका छन् । प्रहरीले बालकको शव स्थानीय पोखरीमा भेटिएको जनाएको छ । शवमा गम्भीर चोटपटकका साथै हातखुट्टा काटिएको अवस्था देखिएकाले घटनाले थप रहस्य पैदा गरेको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका–३ लबटोली निवासी भोगेन्द्र प्रसाद यादवका छोरा अभियान्स बुधबारदेखि सम्पर्कविहीन भएका थिए । उनी आफ्नी आमा अमृत यादवसँग बरियारपट्टी गाउँपालिका–४ सोहपुर पुगेका बेला अचानक हराएका थिए । परिवारले आफन्त तथा आसपास क्षेत्रमा खोजी गर्दा पनि पत्ता नलागेपछि साँझ इलाका प्रहरी कार्यालय बरियारपट्टीमा खबर गरिएको थियो ।
त्यसपछि प्रहरी नायब निरीक्षक ज्योती प्रकाश कार्कीको नेतृत्वमा खटिएको टोलीले खोजी अभियान सुरु गरेको थियो । खोजतलासकै क्रममा गाउँ नजिकैको पोखरीमा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको अवस्था अत्यन्त शंकास्पद देखिएकाले घटनामाथि गम्भीर अनुसन्धान सुरु गरिएको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा बालकका आमाबुबाबीच विगत तीन वर्षदेखि पारिवारिक विवाद रहेको खुलेको प्रहरीले जनाएको छ । बालकका बुबा वैदेशिक रोजगारीमा रहेका छन् भने आमा माइतीमै बस्दै आएकी थिइन् ।
अहिले भर्खरै चर्चामा आएको सिर्सिया नाका जसमा एक पत्रकार तस्करीको भिडियाे संकलन गर्न जाँदा त्यहाँ तस्कर संग विवादमा परेका थिएँ।
यदि पर्साको ड्राइपोर्ट सशस्त्र कोे क्षेत्रमा पर्ने सिर्सिया बगैंचा कोे बाटो भएर तस्करी हुँदैन भने ती पत्रकार कसरी विवादमा परे? विवादमा पर्दा पनि डिउटीमा खटेका सशस्त्र प्रहरी र इलाका प्रहरी छपकैया किन आएन आफ्नो जिम्मेवारी निर्वाह गर्न।
ड्राइपोर्ट का इन्स्पेक्टर पदम पाण्डे आफू स्वक्छ बन्दै घुमवा दीपक पटेल लाई प्रयाेग गरी हरेक तस्कर संग मोटो रकम बुझेको आरोप तस्कर नै लगाउँछन्। भरखरै केही दिन पहिला बिना रकमको नजराना बुझी कसरी आयो सीमा बाट ड्राइपोर्ट कोे ढोका अगाडि तस्करी गरी ल्याउँदै गरेको गियर बक्स।
ड्राइपोर्ट कोे सशस्त्र प्रहरीले समाउन न सकेको वस्तु भन्सारको सशस्त्र प्रहरीले समायो। यसमा वुझ्न सकिन्छ कि बिना रकम बुझी सिमा बाट तस्करी हुन् सक्दैन्। सीमा मा हाम्रो महान बिर सशस्त्र प्रहरी पनि डिउटी गर्छन्।
कसरि छुटछ साईकल मा महंगो चकलेट, दूध बनाउने पाउडर, कसरि छुट्छ मालकिस्ट बिस्कुट, कसरी छुट्छ टेन्ट कोे कपडा, कसरी छुट्छ हार्डवेयर , कसरी छुट्यो ट्रक कोे गियर बक्स के यो तस्करी होइन र समाचार संकलन गर्न जाने पत्रकार माथी तस्करलाई उक्साई आक्रमण गर्न लगाउने?
भारतीय पेय पदार्थ देखि खानेकुरा समेत महंगो वस्तुहरू महिना बुझी छोड्ने र आम जनताले घरायसी प्रयोजनका समान ल्याउँदा १०० रुपैयाँको पाठ सिकाउने। आँप बगैंचामा सशस्त्र मात्र जिम्मेवार छैन इलाका प्रहरी कार्यालय छपकैयाकोे खटिने डिउटी कोे पनि तस्करी जस्तो अपराधीक गतिविधि नियन्तरण गर्नु हो।
यस बिषय र अस्ति भएको पत्रकार माथिको घटनाको अनुसन्धान हुन् र नाकामा कडाई गरी तस्करी गराउने प्रमुख ज्यु हरु माथि छानबिन सहित कारवाही हुन् आवश्य
क बुझिन्छ।
वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाप्रति असन्तुष्ट बनेका पर्साका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्।
पर्साको पकाहा मैनपुर गाउँपालिका–२ मधुबनी घर भएका शनि पटेल वीरगञ्जमा बस्दै अध्ययन गर्दै आएका थिए। सोमबार सार्वजनिक भएको एसईई नतिजापछि उनी मानसिक तनावमा रहेको प्रारम्भिक रूपमा बुझिएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारीअनुसार, नतिजाप्रति असन्तुष्टि जनाउँदै उनले आत्मघाती कदम चालेका हुन्। घटनापछि परिवार तथा आफन्त शोकमा डुबेका छन्।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। साथै, विद्यार्थी तथा अभिभावकलाई परीक्षा परिणामलाई लिएर अत्यधिक तनावमा नपर्न र मानसिक रूपमा कमजोर महसुस भएमा परिवार, साथीभाइ वा सम्बन्धित निकायसँग परामर्श लिन आग्रह गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
