KATHMANDU WEATHER
Horizontal Scroll Menu

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष चयन प्रक्रिया औपचारिक रूपमा सुरु

२४ बैशाख, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सर्वोच्च नियामक निकाय चिकित्सा शिक्षा आयोगमा नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै आयोगको रिक्त उपाध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस प्रक्रिया अगाडि बढाउन लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीलाई पत्राचार गरेको हो । ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३’ बमोजिम अघिल्लो नेतृत्व बाहिरिएपछि नेतृत्वविहीन बनेको आयोगमा नयाँ उपाध्यक्ष छनोटका लागि मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २३ बमोजिमको कानुनी बाटो रोजेको छ ।

उपाध्यक्ष चयनका लागि ऐनले एक शक्तिशाली तीन सदस्यीय सिफारिस समितिको परिकल्पना गरेको छ, जसको नेतृत्व लोकसेवा आयोगका अध्यक्षले गर्ने प्रावधान छ । यस समितिमा सरकारका मुख्य सचिव वा उनले तोकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य रहनेछन् भने चिकित्सा क्षेत्रका प्राध्यापकहरू मध्येबाट सरकारले मनोनयन गर्ने एक जना महिला सदस्यको उपस्थिति अनिवार्य गरिएको छ । मन्त्रालयले यही संवैधानिक र कानुनी संरचना अनुसार योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्न समितिलाई सक्रिय बनाउन खोजेको हो ।

लामो समयदेखि रिक्त रहेको यस पदका कारण चिकित्सा शिक्षाका कतिपय नीतिगत निर्णय र अनुगमनका कार्यहरू प्रभावित हुँदै आएका थिए । अब बन्ने सिफारिस समितिले सार्वजनिक सूचनामार्फत इच्छुक र योग्य व्यक्तिहरूबाट आवेदन संकलन गर्नेछ भने कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उत्कृष्ट तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले एक जनालाई आगामी चार वर्षका लागि आयोगको कार्यकारी प्रमुखका रूपमा नियुक्त गर्नेछ, जसले नेपालको चिकित्सा शिक्षामा गुणस्तर कायम गर्ने र शुल्क निर्धारण जस्ता संवेदनशील विषयहरूको नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन् ।

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमै ६ वटा पाटेबाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जभित्र चालु आर्थिक वर्षमा ६ वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। सोमबार सिजीघाट नजिकै करिब दुई वर्ष उमेरको भाले बाघ मृत भेटिएसँगै यो संख्या ६ पुगेको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार उक्त बाघको मृत्यु अन्य बाघसँगको झडपका कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एकको पहिचान हुन सकेको छैन। तीमध्ये दुई वटा बाघ आपसमा जुधेर मरेका हुन् भने तीन वटा उद्धार प्रक्रियामा रहँदा मरेका थिए। एक बाघको भने प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जले जनाएको छ।

निकुञ्ज प्रशासनका अनुसार यसअघि गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। हाल नयाँ गणनाको नतिजा भने आउन बाँकी छ।

पाटेबाघको लगातार मृत्युले संरक्षण तथा व्यवस्थापनमा थप चुनौती देखिएको सरोकारवालाहरूले बताएका छन्।

भन्सारमा रोकिएका मालवाहक सवारी छुट्न थाले, सरकार र व्यवसायीबीच सहमति

बीरगन्ज,२४ वैशाख । आयातित वस्तुमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य उल्लेख गर्नुपर्ने सरकारी निर्णयले सिर्जना गरेको अन्योल अन्ततः अस्थायी रूपमा समाधान भएको छ। सरकार र व्यवसायीबीच सहमति भएपछि वीरगन्जसहित देशका प्रमुख भन्सार नाकाबाट रोकिएका मालवाहक ट्रकहरूको जाँचपास पुनः सुरु भएको छ।

एमआरपी विवादका कारण केही दिनदेखि वीरगन्ज भन्सारमा हजारौं मालवाहक सवारी रोकिँदा व्यापार, आपूर्ति र राजस्व संकलन प्रभावित भएको थियो। बुधबारदेखि भने भन्सार विभागले आयातकर्ताको स्वघोषणाका आधारमा सामान छुटाउने व्यवस्था लागू गरेपछि जाँचपास प्रक्रिया सहज बनेको हो।

नयाँ सहमतिअनुसार व्यवसायीहरूले भन्सारमै वस्तुको एमआरपी घोषणा गर्नुपर्नेछ। त्यसपछि सामान आफ्नै गोदाममा लगेर लेबल टाँस्न पाइनेछ र बजारमा पठाउँदा मूल्य खुलाउनुपर्ने सर्त लागू हुनेछ। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले एमआरपीसम्बन्धी समस्या तत्कालका लागि समाधान गरिएको जानकारी दिएका छन्। उनका अनुसार मातहतका सबै भन्सार कार्यालयलाई स्वघोषणाका आधारमा जाँचपास गर्न निर्देशन दिइएको छ।

यो सहजीकरण लागू भएपछि वीरगन्ज, विराटनगरलगायत प्रमुख व्यापारिक नाकाबाट मालसामान छुट्ने क्रम तीव्र भएको छ। विभागका अनुसार बुधबार मात्रै भन्सार कार्यालयहरूबाट १ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। सरकारले यो व्यवस्था तीन महिनाका लागि लागू गरेको जनाएको छ। यस अवधिमा आगामी आर्थिक वर्षको बजेट वा कानुनी संशोधनमार्फत एमआरपीसम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यावहारिक बनाउने तयारी गरिएको छ।

व्यवसायीहरूले भन्सार बिन्दुमै प्रत्येक सामानमा लेबल टाँस्नुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै विरोध जनाउँदै आएका थिए। उनीहरूका अनुसार उक्त व्यवस्थाका कारण ट्रक भाडा, बैंक ब्याज, एलसी अवधि र सामान बिग्रिने समस्याले ठूलो आर्थिक क्षति पुगेको थियो।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले सरकारको पछिल्लो निर्णयले तत्काल राहत दिएको बताए। उनका अनुसार वीरगन्जमा मात्रै करिब २ हजार ट्रक रोकिँदा सरकार र निजी क्षेत्र दुवैलाई ठूलो घाटा पुगेको थियो। व्यवसायीहरूले वस्तुको प्रकृति अनुसार प्याकेजिङ र लेबलिङको नियम फरक–फरक हुनुपर्ने माग गर्दै आएका छन्। उनीहरूले अव्यावहारिक नियम लागू गरिए अवैध तस्करी बढ्न सक्ने चेतावनीसमेत दिएका छन्।

.. मधेस सरकारबाट जनमत पार्टीको... जनकपुर,२४ वैशाख । मधेस प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ मोड आएको छ। जनमत पार्टीले... अझै दुई हप्ता वर्षा... काठमाडौं,२४ वैशाख । काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा जारी वर्षा र बदलीको क्रम अझै... संघीयता खारेज

काभ्रेपलाञ्चोक,२४ वैशाख । बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग तीन दिनपछि बिहीबार बिहान सञ्चालनमा आए पनि पानीको बहाव बढेपछि पुनः बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमनराज अधिकारीका अनुसार रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर बिहानदेखि सवारी आवागमन खुलाइएको थियो। तर लगातार वर्षा र खोलाको सतह बढ्न थालेपछि सुरक्षालाई ध्यानमा राख्दै पुनः यातायात रोकिएको हो।

गत सोमबार परेको अविरल वर्षापछि आएको बाढीले राजमार्गको विभिन्न भागमा क्षति पुर्‍याउँदै सडक पूर्ण रूपमा अवरुद्ध बनाएको थियो। वर्षा जारी रहेकाले प्रहरीले अत्यावश्यक कामबाहेक यो मार्ग प्रयोग नगर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।

विशेषगरी रोशी क्षेत्रको करिब चार किलोमिटर भागमा बनाइएको अस्थायी डाइभर्सन वर्षा बढ्नासाथ जोखिममा पर्ने भएकाले समय–समयमा यातायात बन्द गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ। राजमार्ग बन्द भएपछि सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको छ।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो। हाल सो क्षेत्रमा सडक पुनर्निर्माणको काम जारी रहेको छ।

अझै दुई हप्ता वर्षा र बदली हुने

काठमाडौं,२४ वैशाख । काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा जारी वर्षा र बदलीको क्रम अझै करिब दुई सातासम्म कायम रहने मौसमविद्हरूले बताएका छन्। बिहानदेखि सुरु भएको वर्षा पश्चिमदेखि पूर्वसम्म पालैपालो फैलिने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको पछिल्लो मौसमी बुलेटिनअनुसार कम्तीमा शनिबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहने देखिएको छ। हाल सक्रिय मौसम प्रणाली पश्चिमबाट उत्तर–पूर्वतर्फ सर्दै गइरहेको महाशाखाले जनाएको छ।

आज विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ भने अन्य प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

पछिल्ला केही दिनदेखि लगातारजसो पानी परिरहेकाले दैनिक जनजीवन प्रभावित हुन थालेको छ। सडक यातायात, कृषि गतिविधि तथा ग्रामीण क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यता, प्रि–मनसुन अवधिमा पर्याप्त वर्षा भइरहे पनि यस वर्षको मनसुन भने औसतभन्दा कमजोर रहने अनुमान सार्वजनिक गरिएको छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) को प्रतिवेदनअनुसार नेपालको मध्य क्षेत्रमा मनसुन अवधिमा कम वर्षा र तुलनात्मक रूपमा बढी तापक्रम रहने सम्भावना छ।

मौसमविद्हरूका अनुसार प्रशान्त महासागरमा विकसित एल निनो र हिन्द महासागरमा देखिएको इन्डियन ओसन डाइपोलको प्रभावका कारण मौसम प्रणाली प्रभावित भएको हो। यसले कृषि उत्पादन, खानेपानी तथा जलविद्युत् क्षेत्रमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

विज्ञहरूले सम्भावित पानी अभावलाई ध्यानमा राख्दै पानी सञ्चय गर्ने, वैकल्पिक बाली छनोट गर्ने र विपद् जोखिम न्यूनीकरणका उपाय अपनाउन सुझाव दिएका छन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३